News
बजार अनुगमन ।
मिति २०८३/०४/०७ गते अर्जुनधारा नगरपालिकाको बजार अनुगमन टोलीद्वारा वडा नं. ८, शनिश्चरे बजार क्षेत्रमा खाद्य सम्बन्धित व्यवसायहरूको अनुगमन गरिएको छ।
अनुगमनका क्रममा केही किराना पसलमा उपभोग्य म्याद समाप्त तथा लेबलविहीन खाद्य सामग्री बिक्रीका लागि राखिएको तथा एक खाजा-नास्ता पसलमा खाद्य स्वच्छता तथा सरसफाइ सन्तोषजनक नभएको पाइयो। सम्बन्धित व्यवसायीहरूलाई तत्काल सुधार गर्न, प्रचलित खाद्य कानुन तथा मापदण्डको पालना गर्न निर्देशन दिइएको छ।
निर्देशनको पालना नभएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिनेछ।


