FAQs Complain Problems

सुखानि शहिद स्मृति पार्क, सालबारी

Read More

सुखानि शहिद स्मृति पार्क, सालबारी

Read More

अर्जुनधारा मन्दिर

Read More

अर्जुनधारा नगरपालिकाको संक्षिप्त परिचय

नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिर परिचित अर्जुनधारा  यी तिनै स्थान पूर्व गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा शनिश्चरे र अर्जुनधारालाई समेटि २०७१/०१/२५ गतेको सरकारको निर्णय अनुसार शनिअर्जुन नगरपालिका  र २०७३/१२/२७ गते देखि स्थानीय पूनर्संरचना पछि खुदुनाबारी गा.वि.स.लाई समेत समेटेर यस क्षेत्रको पवित्र धार्मिक स्थल अर्जुनधाराको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ ।      

  यो नगरपालिका झापा जिल्लाको मध्य उत्तरमा रहेको छ । कुल क्षेत्रफल १०९.८६ वर्ग कि.मी. रहेको छ । अंक्षाश २६.६८ डिग्री  र देशान्तर ८७.९९ डिग्री रहेको छ भने महिला ३२३२३ र पुरुष ३१४९२ गरी कुल जनसख्ंया ६३८१५ रहेको छ ।  सदरमुकाम भद्रपुर देखि २३ किलो मिटर उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउपालिका र मेची नगरपालिका भने  पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माइ नगरपालिका रहेका छन् त्यसरी नै दक्षिणमा विर्तामोड नगरपालिका पर्दछ उत्तरमा इलामको रोङ्ग गाउंपालिका रहेको छ । यस नगरपालिकालाई झापाकै बाढी प्रभावित विरिङ्ग खोलाले बीचमा चिरेर बगेको छ भने झापा आन्दोलनको उद्गम स्थल सुखानी शाहदत्त स्थल, सुाखनी सहिद पार्क, नेपालको एकमात्र शंकराचार्य पीठ साधुटार, धार्मिक पवित्र स्थल अर्जुनधारा, १८ बर्षसम्म नेपाली मुलका भुटानी शरणार्थीहरुले बसोबास गरेको कैदले वन सहित ८ वटा सामुदायिक वन र १०० बर्ष भन्दा पुरानो बजार शनिश्चरे बजार पनि यसै नगरपालिकामा पर्दछ । 

पदाधिकारी

हरि कुमार राना
नगर प्रमुख
९८५२६७२३११
कमला खतिवडा
उप– प्रमुख
पंकज भूर्तेल
प्रमुख प्रशासकीय अधिकृत
arjundharamun@gmail.com
9852633111

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- कागजपत्र प्राप्त भएको दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१)  उपभोक्ता समितिको निवेदन,
२)  निर्णय प्रतिलिपी,
३) खाता संचालन गर्ने व्यक्तिको दस्तखत नमूना कार्ड
४. सम्वन्धित व्यक्तिहरुको फोटो र नागरिकता
 

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- भुक्तानीका लागि निर्णय भए पश्चात
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- न. पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) कार्यस“ग सम्बन्धित कागजात र धरौटी खातामा जम्मा गरेको बैंक भौचर
२) निवेदन, आवश्यकता अनुसार सम्बन्धित शाखाको निर्णय तथा सिफारिश
 

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- भुक्तानीका लागि बिल स्वीकृत भएको दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) आवश्यकता अनुसार निवेदन,
२) बिल भर्पाई,
३) प्रकाशित सूचना विज्ञापनको प्रति
४) प्रकाशनको लागि आदेश भएको पत्र निवेदन

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- १५ दिन भित्र
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) ठेकेदारको निवेदन,
२) टिप्पणी,
३) रनिङ्ग तथा ठेक्का सम्बन्धी बिल
४) ठेक्का सम्झौता पत्र
५) नापी किताब,
 

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- कागजपत्र प्राप्त भएको दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१)  उपभोक्ता समितिको निवेदन,
२) उपभोक्ता समितिको भेलाबाट योजना सम्पन्न भई बिल भर्पाई पास भएको निर्णयको प्रतिलिपी,
३) उपभोक्ता समितिले योजना फरफारक गर्न न.पा.मा माँग गरेको निर्णयको प्रतिलिपी,
४) योजना तथा प्राविधिक शाखाको मूल्यांकन तथा कार्यसम्पन्न प्रतिवेदन, जाँचपास तथा फरफारकको प्रतिलिपी
५) अनुगमन समितिको सिफारिश
६) योजनाको भूक्तानी दिने अन्तिम टिप्पणी

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- कागजपत्र प्राप्त भएको दिन
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१)  उपभोक्ता समितिको निवेदन,
२)उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपी,
३) कामको मूल्यांकन फाराम
४)अनुगमन समितिको सिफारिश

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- याेजनाकाे प्रकृति अनुसार
जिम्मेवार अधिकारीः- आर्थिक प्रशासन शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१)  उपभोक्ता समितिको निवेदन,
२)उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपी,
३) कामको मूल्यांकन फाराम
४)अनुगमन समितिको सिफारिश

सेवा प्रकारः- संझाैता
सेवा समयः- तुरून्त
जिम्मेवार अधिकारीः- योजना तथा प्राविधिक शाखा
सेवा दिने कार्यालयः- न.पा. कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) वडा अध्यक्ष÷वडा सचिवको रोहवरमा भएको उपभोक्ताको भेलाको निर्णय प्रतिलिपी 
२) उपभोक्ता समितिको निर्णय
३) योजना शाखाबाट भएको लागत अनुमान

 

Pages

जानकारी