FAQs Complain Problems

समाचार

सुखानि शहिद स्मृति पार्क, सालबारी

Read More

सुखानि शहिद स्मृति पार्क, सालबारी

Read More

अर्जुनधारा मन्दिर

Read More

निजामति सेवा दिवस २०७६

Read More

निजामति सेवा दिवस २०७६

Read More

अर्जुनधारा नगरपालिकाको संक्षिप्त परिचय

नेपालको पूर्वमा रहेको झापा जिल्लालाई चिनाउने ऐतिहासिक स्थल मध्येका झापाको खुदुनाबारीमा अवस्थित सहिद शाहदत स्थल, ऐतिहासिक शनिश्चरे बजार र हिन्दु धार्मिक आस्थाको केन्द्र पूर्वको पशुपतिनाथले चिर परिचित अर्जुनधारा  यी तिनै स्थान पूर्व गाउ विकास समितिका नामले परिचित थिए भने स्थानीय तहको पुनर्र्संरचना पछि पहिलो चरणमा शनिश्चरे र अर्जुनधारालाई समेटि २०७१/०१/२५ गतेको सरकारको निर्णय अनुसार शनिअर्जुन नगरपालिका  र २०७३/१२/२७ गते देखि स्थानीय पूनर्संरचना पछि खुदुनाबारी गा.वि.स.लाई समेत समेटेर यस क्षेत्रको पवित्र धार्मिक स्थल अर्जुनधाराको नाममा यस नगरपालिकाको नामाकरण गरिएको छ ।      

  यो नगरपालिका झापा जिल्लाको मध्य उत्तरमा रहेको छ । कुल क्षेत्रफल १०९.८६ वर्ग कि.मी. रहेको छ । अंक्षाश २६.६८ डिग्री  र देशान्तर ८७.९९ डिग्री रहेको छ भने महिला ३२३२३ र पुरुष ३१४९२ गरी कुल जनसख्ंया ६३८१५ रहेको छ ।  सदरमुकाम भद्रपुर देखि २३ किलो मिटर उत्तरमा रहेको यस नगरपालिकाको पूर्वमा बुद्धशान्ति गाउपालिका र मेची नगरपालिका भने  पश्चिममा झापाको कनकाई नगरपालिका र इलामको माइ नगरपालिका रहेका छन् त्यसरी नै दक्षिणमा विर्तामोड नगरपालिका पर्दछ उत्तरमा इलामको रोङ्ग गाउंपालिका रहेको छ । यस नगरपालिकालाई झापाकै बाढी प्रभावित विरिङ्ग खोलाले बीचमा चिरेर बगेको छ भने झापा आन्दोलनको उद्गम स्थल सुखानी शाहदत्त स्थल, सुाखनी सहिद पार्क, नेपालको एकमात्र शंकराचार्य पीठ साधुटार, धार्मिक पवित्र स्थल अर्जुनधारा, १८ बर्षसम्म नेपाली मुलका भुटानी शरणार्थीहरुले बसोबास गरेको कैदले वन सहित ८ वटा सामुदायिक वन र १०० बर्ष भन्दा पुरानो बजार शनिश्चरे बजार पनि यसै नगरपालिकामा पर्दछ । 

Pages

पदाधिकारी

नगर प्रमुख
९८५२६७२३११
उप– प्रमुख
९८४२७२५०२७

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू १५०
आवश्यक कागजातहरुः-

१) अनुसूची बमोजिमको फाराम कालो मसीले भरेको
२) हराएको÷झुत्रो भएको÷अक्षर वा फोटो नबुझीने भएमा उक्त ना.प्र.पत्रको प्रतिलिपी 
 

सेवा प्रकारः- प्रशासनिक निकाय
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१) २ प्रति  फोटो 
२) निवेदन
३) नागरिकताको प्रतिलिपी
४) स्वयम् आँफै उपस्थित

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू ५५०
आवश्यक कागजातहरुः-

१) अनुसूची नं.७ बमोजिमको फाराम कालो मसीले भरेको,
२)  हालसालै खिचेको फोटो थान २ 
३) निवेदकको पतिको नागरिकता प्र. पत्रको प्रतिलिपि,
४) कुन देशको नागरिक हो उक्त देशको नागरिकता त्याग गरेको वा त्याग्न कार्वाही चलाएको कागजको प्रमाणको प्रतिलिपी,
५) विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी
६) जनसख्या कार्ड अनिवार्य 
७) वडा सिफारिश 
८) जन्ममिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी
९) उल्लेखित प्रमाण पत्रहरुको प्रतिलिपी लिई आउ“दा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ ।
१०) जनसख्या कार्ड
 

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू १५०
आवश्यक कागजातहरुः-

१) अनुसूची नं.१ बमोजिमको फाराम कालो मसीले भरेको,
२)  हालसालै खिचेको फोटो थान २ 
३) निवेदकको बुवा÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि,
४) विवाहित महिलाको हकमा माइती तर्फको बुवा÷दाजु÷भाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपी र विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी
५) जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपी
६) जन्ममिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी ( कक्षा आठ वा एस.एल.सी )
७) अन्य गा.वि.स.÷न.पा.बाट बसाई सरी आएको व्युिक्तको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, 
८) निवेदकको बुवा÷पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपी
९) उल्लेखित प्रमाणहरुको प्रतिलिपी लिई आउ“दा सक्कल प्रमाण समेत साथमा रहनु अनिवार्य छ ।
१०) मतदाता परिचय पत्र 
११) वडाको सिफारिश
१२) जनसख्या कार्ड 
१३) आवश्यकता अनुसार स्थलगत सर्जमिन सर्जमिन समय सात दिन भित्र)

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरून्त
जिम्मेवार अधिकारीः- दर्ता चलानी तथा सोधपुछ इकाई
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय (न.पा तथा वडा कार्यालय)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

न.पा.लाई तिर्नु बुझाउनु पर्ने शुल्क दस्तुर बुझाई कार्यालय प्रमुख वा तोकिएको कर्मचारीबाट दस्तखत भएपछि

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरून्त
जिम्मेवार अधिकारीः- दर्ता चलानी तथा सोधपुछ इकाई
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय (न.पा तथा वडा कार्यालय)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको निवेदन वा संघ संस्था र कार्यालयको पत्र माथि कार्यालय प्रमुख वा तोकिएको कर्मचारीबाट तोक आदेश भएपछि ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
  • पति पत्नी दुवै जना उपस्थित भै संयुक्त रुपमा भरी सही छाप गरेको विवाह दर्ता अनुसूची फाराम
  • पतिको नागरिकता प्र.पत्रको प्रतिलिपी अनिवार्य, (पत्नीको सन्दर्भमा विवाह हुनु अगावै ना.प्र.प. बनाएको भए पेश गर्नु पर्ने
  • न.पा.क्षेत्र भन्दा बाहिरबाट आएको भए बसाई सराईको प्रतिलिपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-
  • सूचकले भरी पेश गरेको अनुसूची फाराम
  • नवजात शिशुको बुवा÷आमा दुवैको ना.प्र.पत्रको प्रतिलिपी
  • न.पा.बाहिरबाट आएको व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपी

Pages

जानकारी